गुणस्तरहीन भारतीय स्यानिटाइजर नबेच्न पुनः निर्देशन

गुणस्तरहीन भारतीय स्यानिटाइजर नबेच्न पुनः निर्देशन

भारतीय कम्पनीद्वारा उत्पादित जिएसची स्यानिटाइजर (पाँच लिटर) माथि पुनः कारबाही गरिएको छ । भारतको कुञ्जपुरामा रहेको ग्लोबल हेल्थले उत्पादन गरेको स्यानिटाइजर लगातार दुई पटक कारबाहीमा परेको बताइएको छ ।

औषधि व्यवस्था विभागले उक्त ह्याण्ड स्यानिटाइजर बिक्री वितरणमा रोक लगाएको छ । राष्ट्रिय औषधि प्रयोगशाला, काठमाडौंमा परीक्षण गर्ने क्रममा गुणस्तरहीन भेटिएको विभागले जनाएको छ । 

विभागले तत्काल ती स्यानिटाइजर बजारबाट फिर्ता गरेर सोको विवरण पेश गर्न सम्बन्धित उद्योग, आयातकर्ता तथा तिनका प्रतिनिधिहरुलाई निर्देशन दिएको छ । 

साथै, उक्त स्यानिटाइजरको सिफारिस, बिक्री वितरण तथा प्रयोगसमेत नगर्न, नगराउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ । ग्लोबलले उत्पादन गरेको ह्याण्ड स्यानिटाइजर गुणस्तरहीन फेला परेपछि विभागले यसअघि पनि त्यसलाई बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो ।
 

टिप्पणीहरू