अकालमा भएको मृत्युको अनुगमन गर्न मधेशी आयोगको माग

अकालमा भएको मृत्युको अनुगमन गर्न मधेशी आयोगको माग

उपचार अभावमा मधेशी दलितको अकालमा मृत्यु भएको उल्लेख गर्दै मधेशी आयोगले अनुगमनको माग गरेको छ । 

सप्तरीको कन्चनरुप नगरपालिकामा पाँच जना अति विपन्न मधेशी दलितले उपचारको अभावमा अकालमा ज्यान गुमाएपछि आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै उक्त माग गरेको हो ।

घटनाको सत्यतथ्य यथाशीघ्र पत्ता लगाउन अनुगमनको निम्ति टोली पठाउने आयोगले जनाएको छ । पीडित परिवारलाई राज्यले सबै प्रकारका सहयोग गर्न र बिरामीलाई यथोचित स्वास्थ्य उपचार गरिदिन आयोगले स्थानीय, प्रदेश र संघ सरकारसँग आग्रह पनि गरेको छ । 

आयोगकी उपसचिव सविता डंगोलले उपचार अभावमा वर्षेनी यस्ता दुःखद  घटना भइरहेको बताइन् । ‘यस्ता घटनाहरु पुनः दोहोरिन नदिनका लागि राज्यले गहन अध्ययन गर्नुपर्यो । समाधानका अल्पकालीन र दीर्घकालीन उपाय अवलम्बन गर्नुपर्छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू