मनकामना मन्दिर र बजार क्षेत्रलाई डिजिटल बनाइने

मनकामना मन्दिर र बजार क्षेत्रलाई डिजिटल बनाइने

गोरखाको मनकामना मन्दिरमा विद्युतीय माध्यमबाट भेटी दान गर्दै डिजिटल अभियानको शुरुवात गरिएको छ । एनएमबी बैंक र फोन पेले मनकामना बजार पूरै क्षेत्रलाई डिजिटल बनाउने अभियान थालेको छ । 

विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उद्देश्यले एनएमबी बैंक र फोन पेले सहकार्य गरेका हुन् । हिजो क्यूआर कोर्डमार्फत मन्दिरमा भेटी दान गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले अभियानको थालनी गरेका थिए ।

मनकामना मन्दिर परिसरमा पूजा सामग्री, फलफूल, रेष्टुरेण्टलगायत अरु व्यवसायको भुक्तानीका साथै भेटी दानसमेत अब विद्युतीय माध्यमबाट गर्न सकिने जनाइएको छ ।

टिप्पणीहरू