माधव नेपाल भन्नुहुन्छ : वामपन्थी सरकारको कुरा अल्मल्याउने खेल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामपन्थीको सरकार नबन्ने प्रष्ट पार्नुभएको छ  । 

आज पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शुभकामना दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिले नै वामपन्थीको सरकार बन्ने अवस्था नरहेको बताउनुभएको हो । 

नेकपा एमाले र माओवादीका नेताहरुको भेटघाट र वामपन्थी एकताको चर्चा चलिरहेका बेला अध्यक्ष नेपालको यस्तो धारणा आएको हो । उहाँले वामपन्थीइतरको मात्रै पनि सरकार नबन्ने दाबी गर्नुभएको छ । 

पाँच दलीय गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने बताउनुभएका अध्यक्ष नेपालले आपसी संवादबाट प्रधानमन्त्रीसहित शक्ति बाँडफाँट गर्नुपर्नेमा जोड दिनुभयो । 

‘कसैले गैरवामपन्थी सरकार बनाउने कुरा उठाउने गरेका छन् । कसैले वामपन्थीको सरकार बनाउने कुरा सोचिरहेको छ । त्यो अलमल्याउने कुरा मात्र हो । त्यसो हुनाले यस्तो कुरालाई सजिलो गरी पत्याउन सक्तैनौं’ अध्यक्ष नेपालले भन्नुभयो ।

टिप्पणीहरू