दलित नागरिकको थर परिवर्तन गर्न निर्देशन

दलित नागरिकको थर परिवर्तन गर्न निर्देशन

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले दलित नागरिकको थर परिवर्तन गरी नागरिकताको प्रमाणित प्रतिलिपि जारी गर्न निर्देशन दिएको छ । विभिन्न पालिका तथा वडा कार्यालयबाट दलित नागरिकको थर परिवर्तनको अनुरोध आएपछि विभागले उक्त निर्देशन दिएको बताइन्छ ।

विभागले मुलुकभरका सबै पालिकाका वडा कार्यालयमा परिपत्र गर्दै दलित नागरिकको थर परिवर्तन गरी प्रतिलिपि जारी गर्न अनुरोध गरेको हो । १६ वर्षमुनिका दलित बालबालिकाको दलित जातीय थर प्रयोग गरी बनाइएको जन्मदर्ता परिवर्तन गरी दलित जातिभित्रका थरमध्ये चाहेको थर राखी जन्म दर्तामा थर परिवर्तन गरी प्रतिलिपि जारी गर्न भनिएको छ । 

बालबालिकाको थर परिवर्तनका साथै उनीहरुका बुबा आमाको पनि थर परिवर्तन गरी नागरिकता प्रमाणपत्रमा थर संशोधन भएको प्रमाण राखेर थर परिवर्तन गरिदिन विभागले जनाएको छ । 

त्यस्तै, १६ वर्षभन्दा माथिका व्यक्तिको घटना दर्ता प्रमाणपत्रमा थर परिवर्तन गर्न आधिकारिक व्यक्तिबाट निवेदन प्राप्त भएपछि नागरिकता प्रमाणपत्रमा संशोधन भएको थरबमोजिम थर परिवर्तन गरी प्रतिलिपि जारी गर्न सुझाइएको छ ।

टिप्पणीहरू