सशस्त्रका १ नम्बर हाकिम नेपालगन्ज हुँदै जाजरकोटतिर

सशस्त्रका १ नम्बर हाकिम नेपालगन्ज हुँदै जाजरकोटतिर

सशस्त्र प्रहरीका महानिरीक्षक (आइजिपी) राजु अर्याल नेपालगन्ज जानुभएको छ । बुद्ध एअरको जहाज चढेर साँझ पौने ५ बजे उहाँ काठमाडौँबाट उड्नुभएको हो । 

५ सदस्यीय टोली लिएर नेपालगन्ज निस्कनुभएका आइजिपी अर्याल भोलि जाजरकोट जाने कार्यक्रम रहेको सशस्त्र मुख्यालयले जनाएको छ ।

टिप्पणीहरू