गोरे गोरे मुखड़े पे काला काला चश्मा...
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको फोटो रक्सौलका बजारमा टाँगिन थालेका छन् । उनको फोटोलाई विशेषगरी त्यहाँका चश्मा पसलेले आफ्नो विज्ञापनमा प्रयोग गरेका हुन् ।
वीरगञ्जसँग सीमाना जोडिएको भारतीय सीमावर्ती शहर रक्सौलमा चश्मा पसलेहरुले बालेनको कालो चश्मासँग जोडेको फोटो पूर्व पत्रकार तथा बैंकर राजु नेपालले आज सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
साहको आँखामा सँधै देखिने कालो चश्मालाई लक्षित गर्दै चश्मा पसलेहरुले बालेनको फोटो छानेको हुनसक्ने बताइएको छ । प्रायः सबै किसिमका विज्ञापनमा भारतीय कलाकारको फोटोको बिगबिगी हुने भारतीय बजारमा काठमाडौंका मेयरले स्थान पाउँदा कतिपयले खुशी मानेका छन् ।
टिप्पणीहरू