देउवालाई टक्कर दिन भारतीय दूतावास नजिकै भेला
नेपाली काँग्रेसभित्र भोलि हुने संसदीय दलको नेता छान्ने विषय पुनः समूह र उपसमूहमा पुगेको छ । काँग्रेस संस्थापन पक्षले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई नै पुनः संसदीय दलको नेता बनाउने तयारी गरेपछि संस्थापन इतर समूह कुनै हालतमा परिवर्तन गर्नुपर्ने अडानका साथ भेला तथा समूह बैठकमा व्यस्त हुन थालेको छ ।
निर्वाचनअगावै आगामी प्रधानमन्त्रीको दावी गरेका महामन्त्री गगन थापा र नेता डा.शेखर कोइराला समूहले आज बिहान आफ्नो समूहको बैठक बोलाएको छ । उनीहरुले लैनचौरस्थित भारतीय दूतावास छिर्ने सडकको मुखैमा रहेको होटल एम्बेसडरमा छलफल शुरु गरिसकेका छन् ।
‘साथीहरु आउँदै हुनुहुन्छ । धेरैजसो आइसक्नुभएको छ । बिहान साढे ८ बजेबाट कार्यक्रम शुरु भएको हो । पार्टीभित्रै रुपान्तरणको पहल गर्नुपर्छ भन्ने मान्यतालाई संस्थापन पक्षले इग्नोर गरेपछि बैठक राख्न बाध्य भएका हौं,’ सहभागी एक जना पदाधिकारीले बताए ।
टिप्पणीहरू