टिकटकमा छाडा भेलु बाजेको हर्कत नियन्त्रण गर्न हारगुहार

टिकटकमा छाडा भेलु बाजेको हर्कत नियन्त्रण गर्न हारगुहार

सामाजिक सञ्जालमा भेलु बाजेको नामले परिचित प्युठानका मीनबहादुर बुढाको अश्लिल र छाडा हर्कत रोक्न माग गर्दै त्यहाँको जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी परेको छ । छाडा स्वभावका भेलुलाई मदिरा सेवन गराई केही अनलाइन मिडिया तथा युट्युबरहरुले उनका अश्लिल हर्कत प्रशारण गरेपछि समाजमा नकारात्मक असर परेको भन्दै निवेदनमा कारवाहीको माग गरिएको छ ।

मदिरा सेवनपछि उत्तेजित हुने गरेका भेलुले अनावश्यक ढंगले बोलेका विषयलाई अतिरञ्जित तरिकाले प्रकाशन तथा प्रशारण गर्दा विशेषगरी बालबालिकामा नकारात्मक प्रभाव परेको निवेदनमा उल्लेख छ । झिमरुक ३ का सुवाष जिसीले हिजो दर्ता गराएको निवेदन जिल्ला प्रहरी कार्यालय,जिल्ला समन्वय समिति र नेपाल पत्रकार महासंघको जिल्ला शाखा, प्युठानलाई समेत बोधार्थ दिइएको छ ।

"मदिरा सेवनपछि उत्तेजित हुने गरेका भेलुले अनावश्यक ढंगले बोलेका विषयलाई अतिरञ्जित तरिकाले प्रकाशन तथा प्रशारण गर्दा विशेषगरी बालबालिकामा नकारात्मक प्रभाव परेको निवेदनमा उल्लेख छ ।"

छाडा अभिव्यक्ति दिन उक्साउने मिडिया र व्यक्तिहरुलाई समेत नियन्त्रण र सामाजिक अनुशासन तथा मर्यादा कायम गर्नु अनिवार्य भएको केसीको भनाइ छ । उनले निवेदनमा लेखेका छन्,‘सामाजिक सञ्जालको माध्यमबाट छाडा शब्दहरु बोलेर र बोल्न लगाएर भाइरल हुने र बनाउने खालका अवाञ्छित गतिविधि नरोक्ने हो भने हाम्रा सामाजिक मूल्य र मान्यताहरुको गम्भीर दुर्घटना हुने निश्चित छ ।’

समाजलाई स्वस्थ राख्न अपशब्द, अश्लिल,तुच्छ विचारलाई निस्तेज पार्नुपर्ने उनले निवेदनमा उल्लेख गरेका छन् । यसको निम्ति ‘भेलुबाजे’,उनका सहयोगी र त्यस प्रकारको प्रवृत्तिमा नियन्त्रण ल्याउन कानुनी कारवाही अघि बढाउनुको विकल्प नभएको केसीले दाबी गरेका छन् ।

उनै बुढाले निर्वाचनको केही दिनअघि त्यहाँबाट उम्मेदवार रहेका एमालेका सूर्य थापाले आफूलाई दुई हजार रुपैयाँ दिएर प्रचार प्रसार गर्न लगाएको टिप्पणी गरेका थिए ।


 

टिप्पणीहरू