डा.बाबुराम भट्टराई फेरि खुमलटारमा

डा.बाबुराम भट्टराई फेरि  खुमलटारमा

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले आज पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । डा. भट्टराई पछिल्ला केही महिनादेखि अध्यक्ष प्रचण्डसँग नियमित भेटघाट र सम्पर्कमा हुनुहुन्छ । 

उहाँहरुबीच आज बिहान साढे ९ बजे दाहाल निवास खुमलटारमा कुराकानी भएको हो । गत निर्वाचनमा प्रचण्डलाई गोरखा-२ छाडेर छोरी मानुषीलाई काठमाडौं-७ बाट प्रतिनिधिसभा सदस्यमा उठाउनुभएका भट्टराईमाथि अनुकूलताका आधारमा राष्ट्रपति बन्न खोजेको आरोप छ । 

उहाँले गठबन्धनको पक्षबाट राष्ट्रपतिमा आफूलाई सर्वसम्मत गराउन दृश्य तथा अदृश्य शक्तिको समेत प्रयोग गर्नुभएको माओवादी भित्रका एकथरीले बताए । माओवादी केन्द्रमा उपराष्ट्रपति नन्दबहादुर पुन र निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा राष्ट्रपतिको निम्ति इच्छुक रहेको बताइन्छ ।

टिप्पणीहरू