रवि लामिछानेको नागरिकता र पारपाचुकेको कागज दुबै ‘शंकास्पद’

रवि लामिछानेको नागरिकता र पारपाचुकेको कागज दुबै ‘शंकास्पद’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिजोदेखि पार्टी संसदीय दलको नेता चुनिएका छन् । यही बीचमा उनको नागरिकतासम्बन्धी अभिलेखको विस्तृत विवरण काठमाडौं सिडिओ कार्यालयले काठमाडौं प्रहरी कार्यालयलाई उपलब्ध गराएको छ ।

लामिछानेले अमेरिकी नागरिकता र राहदानी नत्याग्दै नेपाली नागरिकता र राहदानी लिएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेपछि आयोगले त्यसबारे सोधखोज गर्दै गृह र परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको छ भने यस्तै एक अर्को उजुरीको आधारमा गृह मन्त्रालयले काठमाडौं जिल्ला प्रशासन र नेपाल प्रहरीलाई पत्र लेखेको छ । 

गृहको पत्रको हवाला दिँदै जिल्ला प्रहरीले नागरिकताको अभिलेख मागेकोमा सिडिओ कार्यालयले नागरिकताको ढड्डाबाट विवरण उतारेर पठाएको हो । जनआस्थालाई प्राप्त विवरणअनुसार सिडिओ कार्यालयमा यसअघि उनले २०५० सालमा लिएको नागरिकताको अभिलेख मात्रै भेटिएको छ । त्यसपछि उनले नेपाली नागरिकता त्यागेको वा त्यागेपछि नयाँ लिएको कुनै अभिलेख फेला नपरेको व्यहोरा पत्रमा उल्लेख छ ।

अहिले त्यही विवरण सिडिओ कार्यालयबाट काठमाडौं प्रहरीमा पुगेको हो । ‘यहाँबाट अघिल्लो साता पठाइएको छ,’ जिल्ला प्रशासन कार्यालयका एक जना सुब्बाले बताए । उता काठमाडौं जिल्ला अदालतले समेत खोजेको जेठी श्रीमती इशा श्रेष्ठसङ्ग पारपाचुकेको विवरण पनि फेला नपरेको बुझिएको छ । लामिछानेले पहिलो श्रीमतीलाई पारपाचुके (डिभोर्स) गरेको भनिएको अभिलेख पनि जिल्ला अदालतमा भेटिएको छैन ।

‘प्रसंगवशः लामिछानेको उक्त पत्र खोजिएको थियो । तर फेला नपरेपछि नागरिकता र राहदानी झैँ उनको डिभोर्स पनि नक्कली रहेको आशंका गरिएको छ,’ अदालतको प्रशासन फाँटका एक जना कर्मचारीले बताए ।

टिप्पणीहरू