साइनबोर्ड हटाउन महानगरको ताकेता, अटेर गरे पैसा तिर्नुपर्ने

साइनबोर्ड हटाउन महानगरको ताकेता, अटेर गरे पैसा तिर्नुपर्ने

काठमाडौँ महानगरपालिकाले सहरी क्षेत्रमा टाङ्गिएका ३० वर्ग फिटभन्दा ठूला साइनबोर्ड हटाउन सम्बन्धित सबैलाई पुनः आग्रह गरेको छ । महानगरले यसअघि ३५ दिने सूचना निकालेर साइनबोर्ड हटाउन आग्रह गरेपनि सम्बन्धित पक्षले बेवास्ता गरेपछि आज अर्को १५ दिने सूचना सार्वजनिक गरेको हो ।

‘यस सूचनालाई अवज्ञा गरी त्यस्ता परिचय पाटी (साइनबोर्ड) नहटाएमा महानगरको टोलीले हटाई सो वापत लागेको खर्चसमेत सम्बन्धित पक्षबाट असुलउपर गर्ने छ,’ सूचनामा भनिएको छ । साथै, महानगरपालिका क्षेत्रमा व्यवसाय वा कार्यालयले साइनबोर्ड राख्दा वार्षिक रुपमा रकम बुझाउनुपर्ने पनि सूचनामा उल्लेख छ ।

टिप्पणीहरू