प्रचण्ड निवासमा विवेक ओबेरायका बाबु छोरा दुई घण्टा
भारतीय अभिनेता विवेक ओबरायका बाबु छोराले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा लामो समय बिताएका छन् । अघिल्लो साता काठमाडौं आएका उनीहरुले खुमलटारमा झण्डै दुई घण्टा भलाकुसारी गरेका थिए ।
उनीहरु मंसिर २८ गते दुबईबाट काठमाडौं आएका हुन् । फ्लाई दुबईको उडान नम्बर एफ जेड ५७५ बाट नेपाल आएका उनीहरुको विमान साँझ पौने ७ बजे काठमाडौंमा अवतरण गरेको थियो ।
उनीहरुले गत शुक्रबार दिउँसोको समयमा अध्यक्ष प्रचण्डसँग उहाँको निवास पुगेर पौने २ घण्टा भेटघाट र कुराकानी गरेका हुन् ।
टिप्पणीहरू