पुस लागेपछि अमरेशकुमारको रात घर बाहिरै

पुस लागेपछि अमरेशकुमारको रात घर बाहिरै

नेपाली काँग्रेसको बागी उम्मेदवार भएर साँसद निर्वाचित अमरेशकुमार सिंह स्वतन्त्रमध्ये सबैभन्दा धेरै दौडधुप गर्नेमा पर्दछन् । उनले राजनीतिक जोडघटाउ र विभिन्न योजना बुन्दै बिहानदेखि राति अबेरसम्म घर बाहिरै बिताउने गरेका छन् । 

ललितपुरको भैंसेपाटीमा आलिशान बंगला भए पनि सिंहले यसबीच दुई दिन एक रात झम्सिखेलको भिभान्ता होटलमा बिताए । डलर अर्बपति तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरीको होटलबाट उनको घर मुश्किलले तीन किलोमीटर दूरीमा रहेको छ । तर पनि उनले होटलमै रात बिताउनुपर्ने कस्तो आपत र जरुरी काम पर्यो भन्ने सम्बन्धमा परिवार पनि अचम्भित भएको बताइन्छ ।

‘उहाँ भैंसेपाटी घर नगएको धेरै दिन भयो । सँधै बाहिर बाहिरै कुदाकुदमा हुनुहुन्छ । उहाँको बाहिरै बास हुन थालेको छ । के धन्दामा व्यस्त हुनुभएको हो,केही थाहा छैन,’ परिवारका एक जना सदस्यलाई उद्धृत गर्दै स्रोतले भनेको छ ।

उनी दुई दिन चौधरीको होटल भिभान्तामा बसेका थिए । गत शुक्रवार पुस १ गते दिनभर र राति पनि विभिन्न भेटघाट भन्दै उनी त्यहीँ बसे । सो अवधिमा दुई तीन वटा टोलीसँग छलफल गरे ।

टिप्पणीहरू