केपी ओली एमालेमा सर्वसम्मत, लिङ्गदेन पनि छानिए

केपी ओली एमालेमा सर्वसम्मत, लिङ्गदेन पनि छानिए

नेकपा एमाले संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत छानिनुभएको छ । आज कमलादीमा बसेको संसदीय दलको बैठकबाट ओली सर्वसम्मत नेता चयन हुनुभएको हो । 

उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र वरिष्ठ उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा ओली निर्विरोध हुनुभएको सो पार्टीले जनाएको छ । 

प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा ७८ जना सांसद रहेको एमाले संसद्को दोस्रो शक्ति हो ।

यता, एमालेसँग गठबन्धन गरि चुनाव लडेर सफलता हासिल गरेको पूर्वपञ्चहरुको पार्टी राप्रपाले पनि दलको नेता चयन गरेको छ । आज बसेको संसदीय दलको बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनलाई सर्वसम्मत नेता छानेको हो । 

निर्वाचनमा राप्रपाले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकमा समान सात–सात गरी कूल १४ सीट जितेको छ ।

टिप्पणीहरू