काँग्रेसले बागमतीमा पनि चुनाव गर्ने
नेपाली काँग्रेसले संघीय संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन प्रक्रिया सुरु गरेकै दिन बागमती प्रदेशमा पनि चुनावबाटै नेता छान्ने निर्णय गरेको छ ।
आज बसेको काँग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता छान्न निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश समितिका उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । समितिमा प्रदेशका महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिराम घिमिरे, सदस्य गंगा दाहाल र सानु श्रेष्ठ रहेको प्रवक्ता तिलक रुवालीले जानकारी दिए ।
बागमतीमा सबैभन्दा ठूलो दल बनेको काँग्रेसमा प्रदेश संसदीय दलको नेतामा इन्द्र बानियाँ र बहादुर सिंह लामाले दाबी गर्दै आएका छन् ।
टिप्पणीहरू