भारतीय राजदूत ससुराली खलकसँग,‘र’ प्रमुख ओछ्यानमा
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पोखरा पुग्नुभएको छ । उहाँ ससुराली खलकका छ जना पाहुनासँगै जाडो मनाउन त्यता जानुभएको हो ।
यसैबीच भारतीय खुफिया एजेन्सी ‘र’ का प्रमुख राघवप्रसाद भट्नागरलाई केही दिन घरबाट बाहिर ननिस्कन भनिएको छ । बिरामी परेपछि उनलाई नर्भिक अस्पतालका डाक्टरले केही दिन आराम गर्न सल्लाह दिएका छन् ।
चिकित्सक डा. असर्फी साह उनका निजी डाक्टर जस्तै भएको बताइन्छ । स्रोत भन्छ,‘असर्फी उनका निजी चिकित्सक जस्तै हुन् । मुत्ररोग विशेषज्ञ साह राजधानीका बयोधालगायत अस्पतालसँग आबध्द छन् ।’
टिप्पणीहरू