देउवाबिरुध्द गगनको भेलामा को-को देखिए ?
नेपाली काँग्रेसले आज बिहान संसदीय दलको नेता छनौट गर्दैछ । प्रतिनिधि सभामा ८९ जना काङ्ग्रेस सांसद छन् । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाको प्रतिस्पर्धा हुँदैछ । संस्थापन इतर समूहले आजको मतदानलाई लक्षित गर्दै हिजोदेखि भेटघाटलाई तीव्रता दिएको छ ।
हिजो बिहान ८ बजे लैनचौरस्थित होटल एम्बेस्डरमा राखिएको भेलामा डा.शेखर कोइरालालगायत एक दर्जन नेता तथा सांसदको उपस्थिति थियो । मतदानमा प्रतिनिधिसभाका सांसदले मात्रै मतदान गर्न पाउने भए पनि भेलामा गैरसांसदहरुको समेत बाक्लो उपस्थिति देखिन्थ्यो ।
हिजो बिहानको लैनचौर भेलामा मन्त्री दिलेन्द्रप्रसाद बडु, महामन्त्री गगन थापा, उपसभापति धनराज गुरुङ,नेताहरु मीनेन्द्र रिजाल,बलबहादुर केसी, अर्जुननरसिंह केसी, जीवन परियार,चन्द्र भण्डारी,सञ्जय गौतम, डिगबहादुर लिम्बू लगायत थिए । उनीहरुले त्यहाँ झण्डै दुई घण्टा छलफल गरेको बताइन्छ ।
त्यसपछि उक्त समूहले सवा १२ बजेदेखि सिंहदरबारको दक्षिण गेट सामुन्ने रहेको बसेरा होटलमा भेला बोलाएको थियो । होटेल बसेरामा सो समूहका नेताहरु डा. शेखर कोइराला,गगन थापा,अर्जुननरसिंह केसी,हृदयराम थानी, दिलेन्द्रप्रसाद बडू, रामनाथ अधिकारी, योगेश गौचन थकाली, सञ्जयकुमार गौतम पुगेका थिए । त्यसैगरी दीपक गिरी,चन्द्र भण्डारी,रामकृष्ण यादव, देवप्रसाद तिमल्सेना, राजेन्द्र बजगाईं,राजेन्द्र केसी,डिगबहादुर लिम्बू, दिक्पालकुमार शाही, सुनीलकुमार शर्मा, सुरेन्द्रराज आचार्य, सन्तोष चालिसे र तेजुलाल चौधरी पनि सहभागी थिए ।
राजु थापा,धनराज गुरुङ र बद्री पाण्डे, सरिता प्रसाईं,प्रतिमा गौतम, लीलादेवी बोखिम, जीवन परियार,सीता मिजार,मुक्ताकुमारी यादव,विनाकुमारी थनेत, सपना राजभण्डारी, कुसुम थापा र मैना रावल पनि भेलामा उपस्थित थिए । त्यसैगरी बलबहादुर केसी,गुरुराज घिमिरे,केशव सिंह, विश्व प्रकाश शर्मा,रामहरि खतिवडालगायतको उपस्थितिमा भएको भेलाले डा. शेखरको सट्टा गगन थापालाई संसदीय दलको नेतामा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
टिप्पणीहरू