सिंहदरबारमा सूचना वर्गीकरण गर्न ३ घण्टा

सिंहदरबारमा सूचना वर्गीकरण गर्न ३ घण्टा

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सूचना वर्गीकरणसम्बन्धी बैठक बसेको छ । मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा हिजो बिहान झण्डै तीन घण्टा बसेको बैठकमा सूचना वर्गीकरणबारे छलफल भएको बताइन्छ । 

बिहान साढे ९ बजेदेखि सचिवहरु त्यहाँ पुगेका थिए । बैठकमा गृहसचिव विनोदप्रकाश सिंह,कानुन सचिव उदयराज सापकोटा,परराष्ट्र सचिव भरतराज पौड्याल,सञ्चार सचिव बैकुण्ठ अर्याल,प्रधानमन्त्री कार्यालयका सचिव धनराज ज्ञवाली लगायत झण्डै एक दर्जनको उपस्थिति थियो । 

सूचना वर्गीकरणसम्बन्धी विषयमा छलफल गरेर सचिवहरु मध्यान्ह १२ बजेको समयमा आफ्नो मन्त्रालयतर्फ गएको बताइएको छ ।

टिप्पणीहरू