बिनोद चौधरी रातारात किन छिरे बालुवाटार ? अमरेशकुमार किन पसे खुमलटार ?

बिनोद चौधरी रातारात किन छिरे बालुवाटार ? अमरेशकुमार किन पसे खुमलटार ?

नेपाली काँग्रेस संसदीय दलको नेता चयन प्रक्रिया थालिएको छ । पार्टी संसदीय दलको कार्यालय, सिंहदरबारमा मतदान शुरु भएको छ । यसबीच संसदीय दलको नेता छानिन प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री तथा संस्थापन इतर नेता गगन थापाको काँग्रेस सांसदहरुसङ्ग भेटघाट हिजो  रातीसम्म घनिभूत थियो । 

यस्तो चुनावमा पैसाको राम्रै खेलो हुनु स्वभाविकै हो । सोही क्रममा हिजो राति डलर अर्बपति तथा सभासद विनोद चौधरी बालुवाटार पुगेको र यो चुनावमा सबैखाले "योगदान" दिएवापत नयाँ बन्ने सरकारमा आफ्नो स्थान के हुने भनी वचनको प्रत्याभूति खोजेको श्रोतले बतायो । भेटमा प्रधानमन्त्री,पार्टी उपसभापति पूर्णबहादुर खड्का तथा गृहमन्त्रीसहित चौधरी झण्डै डेढ घण्टा रहेको बुझिएको छ । वार्ता राति सवा ८ बजेदेखि झण्डै १० बजेसम्म लम्बिएको बताइन्छ । 

यता काँग्रेसका बागी उम्मेदवारको रुपमा प्रतिस्पर्धा गरेर विजयी सांसद अमरेशकुमार सिंहले हिजो पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गरेका छन् । उनी अध्यक्ष दाहाललाई भेट्न दिउँसो साढे ४ बजे खुमलटार पुगेका थिए । आधा घण्टा कुरा प्रचण्डको कुरा सुनेर र पारीको कुरा सुनाएर बल्ल उनी त्यहाँबाट बाहिरिए ।

टिप्पणीहरू