पानी छम्कने सहमतिपछि अवरुद्ध सडक सुचारु
जोरपाटीबाट साँखुतर्फ जाने सडक अहिले खुलेको छ । सडक पीच नगरिएको विरोधमा स्थानीय तिवारी टोलमा उक्त सडक केही दिनदेखि अवरुद्ध पारिएको थियो ।
स्थानीयले बिहानैदेखि सडकमा ढुंगा थुपारेर सवारी आवागमन अवरुद्ध पार्दै आएका थिए । तर हिजो कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले स्थानीय पाँच जनाको टोली गठन गरेर आजदेखि वार्ता गर्ने मौखिक सहमति गर्दा पनि आज बिहान स्थानीयले सडक अवरुद्ध पारेपछि मेयर कार्कीले सडकमा पानी छर्केर धुलो उड्न नदिने सहमति गरेका हुन् ।
आगामी एक हप्तासम्म पनि समस्या समाधान नभए मेयरले नै सम्बन्धित निकायसम्म स्थानीयलाई लैजाने प्रतिबद्धता जनाएको बताइएको छ ।
टिप्पणीहरू