३५ दिनभित्र चुनाव खर्च बुझाउन उर्दी

३५ दिनभित्र चुनाव खर्च बुझाउन उर्दी

हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका उम्मेदवारलाई ३५ दिनभित्र निर्वाचन खर्च बुझाउन निर्वाचन आयोगले आग्रह गरेको छ । 

‘मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा विजयी हुने तथा नहुने सबै उम्मेदवारले ३५ दिनभित्र प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा अनिवार्य निर्वाचन खर्च विवरण बुझाउनुपर्ने छ,’ सूचनामा भनिएको छ । 

सो समयमा निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई कानुनबमोजिम जरिवाना हुने आयोगले चेतावनी दिएको छ ।

टिप्पणीहरू