माओवादीका माननीयले शपथ खाएर मात्रै नेता छान्ने
नेकपा माओवादी केन्द्रले सांसदहरुको शपथपछि मात्रै संसदीय दलको नेता छान्ने भएको छ । भोलि सांसदहरुको शपथपछि दलको नेता चयन गर्ने माओवादीले जनाएको छ ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अधिकांश दलले संसदीय दलको नेता चयन गरिसक्दा पनि नेकपा माओवादी केन्द्रले भने अहिलेसम्म प्रक्रिया नै शुरु गरेको छैन । माओवादीले सांसदहरूको शपथअघि सरकार गठनको आह्वान गरिनु संविधानविपरीत भएको बताएको छ ।
प्रत्यक्षतर्फ १८ र समानुपातिकमा १४ गरी कूल ३२ सांसद रहेको माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता बन्नेमा लगभग निश्चितजस्तै देखिएको छ ।
टिप्पणीहरू