आज बालेनको डोजर देवीनगर पस्यो
काठमाडौँका विभिन्न स्थानमा निर्मित अवैध संरचना हटाउँदै आएको काठमाडौँ महानगरपालिकाले आज अनामनगरस्थित देवीनगरका संरचनामा डोजर चलाएको छ ।
सरकारी जग्गा मिचेर ठड्याइएका भौतिक संरचना भत्काउन महानगरको डोजर आज बिहानै देवीनगर पुगेको थियो । महानगरका नगर प्रहरी उपरीक्षक राजु पाण्डेले आज बिहानदेखि सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन थालिएको बताए ।
उनले भने, ‘महानगरद्धारा अवैंध संरचना भत्काउन वा हटाउन पटकपटक सूचना जारी गरेतापनि अटेरी गरेपश्चात् हामी डोजरसहित पुगेका हौँ । अहिले भत्काउने काम भैरहेको छ ।'
अवैंध संरचना भत्काउने अभियान जारी रहने महानगरले जनाएको छ ।
टिप्पणीहरू