अमेरिकी स्कुलमाथि सार्वजनिक जग्गा मिचेको आरोप
काठमाडौंको रविभवनस्थित लिंकन स्कुलले सार्वजनिक जग्गा मिचेको आरोप लागेको छ । अमेरिकी राजदूतावासले सञ्चालन गरेको उक्त स्कुलले नजिकैको सार्वजनिक जग्गा मिचेर कार्यालय बनाउन थालेपछि स्थानीय विरोधमा उत्रेका हुन् ।
निर्माणा कार्य तत्काल बन्द गर्नुपर्ने माग राख्दै उनीहरुले आज विरोध गरेका हुन् । नयाँ बनाइएको पर्खाल भत्काउनुपर्ने माग स्थानीयको छ । उपत्यका सडक संघर्ष समितिका अध्यक्ष सुमन सायमी, काठमाडौं महानगर १४ नम्बर वडाका वडा सदस्य नवीन नकर्मी एवम् १३ नम्बर वडाका कायममुकायम वडाध्यक्ष रामबाबु कोइराला आज लिंकन स्कुलले जग्गा मिचेर पर्खाल बनाएको ठाउँमा पुगेका हुन् ।
उनीहरुसँगै झण्डै तीन दर्जन स्थानीय पनि विरोध प्रदर्शन गर्दै विद्यालय नजिकै गएका थिए । मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म लिंकन स्कुल हाता वरिपरि सार्वजनिक जग्गा मिचेको आरोप लगाउँदै चर्को विरोध भएको स्थानीयको भनाइ छ ।
टिप्पणीहरू