प्रधानमन्त्री र प्रचण्ड एकैसाथ शिक्षण अस्पतालमा
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पुग्नुभएको छ । उहाँहरु अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन त्यहाँ जानुभएको बताइएको छ ।
प्रधानमन्त्री देउवाले अध्यक्ष नेपालको स्वास्थ्य अवस्थाको जानकारी लिँदै स्वास्थ्यलाभको कामना गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । अस्पतालमा प्रधानमन्त्री र माओवादी अध्यक्ष एकैसाथ पुग्नुभएको हो ।
त्रिवी शिक्षण अस्पतालमा उपचारत रहेका पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न् नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार शिक्षण अस्पतालमा पुगेका छन् ।
प्रधानमन्त्री देउवाले नेपालको स्वास्थ्य अवस्थाको जानकारी लिदै स्वास्थ्य लाभको कामना गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल मंगलबार स्वास्थय अवस्थामा समस्या आएपछि अस्पताल भर्ना भएका थिए ।
टिप्पणीहरू