बाबा रामदेवको कम्पनी कालोसूचीमा

बाबा रामदेवको कम्पनी कालोसूचीमा

नेपालमा ठूलो परिमाणमा औषधि बिक्रि गर्दै आएको बाबा रामदेवको कम्पनी दिव्या फार्मेसी कालोसूचीमा परेको छ । दिब्या फार्मेसीसहित १६ भारतीय औषधी कम्पनीलाई औषधी नियामक निकायले कालोसूचीमा राखेको हो । 

औषधी व्यवस्था विभागका वरिष्ठ व्यवस्थापक सन्तोष केसीले यी भारतीय कम्पनीहरु विश्व स्वास्थ्य संगठनको उत्पादन मापदण्डभित्र नपरेकाले कालोसूचीमा राखिएको बताए । उनले भने,‘बजारमा यी कम्पनीको औषधी नआओस् भनेर कालोसूचीमा राखिएको हो ।’ 

यी भारतीय औषधी आपूर्ति गर्ने नेपालका स्थानीय एजेन्टलाई तत्काल प्रभावबाट फिर्ता लिन र पैठारी गरी वितरण गर्नमा समेत रोक लगाइएको विभागले जनाएको छ । विभागले अप्रिल र जुलाइमा औषधी कम्पनीका कारखानामा औषधी निरीक्षक टोली पठाएको थियो । 

दिव्या फार्मेसीसहित सूचीमा रेडियन्ट पेरेन्टेरल लिमिटेड, मर्करी ल्याबोरेटरीज लिमिटेड, एलायन्स बायोटेक, क्याप्टाब बायोटेक, एग्लोमेड लिमिटेड, जी ल्याबोरेटरीज, डयाफोडिल्स फार्मास्युटिकल्स, जीएलएस फार्मा, युनिजुल्स लाइफ साइन्स, कन्सेयट फार्मास्युटिकल्स, श्री आनन्द लाइफ साइन्स, आईपीसीइ प्रयोगशाला, क्याडिला हेल्थकेयर, डायल फार्मास्यूटिकल्स र म्याकुर प्रयोगशालामाथि रोक लगाइएको विभागले जनाएको छ ।
 

टिप्पणीहरू