झलनाथ पनि अध्यक्ष भेट्न टिचिङ पुग्नुभयो
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पार्टीका सम्मानित नेता झलनाथ खनाल महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुग्नुभएको छ । उहाँ आज दिउँसो पौने २ बजे त्यहाँ जानुभएको हो ।
उहाँले १५ मीनेट अध्यक्ष नेपालसँग भेटेर स्वास्थ्य अवस्थाबारे आवश्यक जानकारी लिनुभएको बताइन्छ । उहाँ अस्पतालबाट निस्केपछि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अस्पताल पुगेर अध्यक्ष नेपालसँग केहीबेर कुराकानी गर्नुभएको थियो । उहाँहरु एकैसाथ दिउँसो साढे २ बजेको समयमा त्यहाँ जानुभएको हो ।
टिप्पणीहरू