सांसदहरुलाई शपथ खुवाउनुअघि सर्वदलीय बैठक

सांसदहरुलाई शपथ खुवाउनुअघि सर्वदलीय बैठक

प्रतिनिधिसभामा जेष्ठ सदस्यका रुपमा सभा संचालन गर्ने जिम्मेवारी पाएका राप्रपाका नेता पशुपतिशमशेर राणाले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाएका छन् । आज राष्ट्रपतिबाट शपथ खाएलगत्तै राणाले सर्वदलीय बैठक डाकेका हुन् । 

आज आफूले शपथ ग्रहण गरेका राणाले भोलि दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउँदैछन् । तर, त्यसअघि मध्यान्ह १२ बजेका लागि उनले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका एक-एक जना र स्वतन्त्रबाट निर्वाचित सांसदलाई बोलाइएको छ । बैठकमा संसद सञ्चालनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

टिप्पणीहरू