सिराहा जिल्ला अदालत घेराउ : न्याय सम्पादन प्रभावित प्रयासको आरोप

सिराहा जिल्ला अदालत घेराउ : न्याय सम्पादन प्रभावित प्रयासको आरोप

सिरfहाको बरियारपटी गाउँपालिका– १ बडहरीका रामशंकर यादवको रहस्यमय हत्या प्रकरण सम्बन्धी बहस चलिरहँदा पिडीत पक्षधर समूहले सिरfहा जिल्ला  अदालत घेराउ गरेका छन् । हत्या आरोपीहरूलाई सजाय माग गर्दै आज अदालत घेरिएको छ ।

घेराउसँगै नाराबाजी हुनथालेपछि अदालत अगाडिको भीड नियन्त्रण गर्न प्रहरी परिचालन गर्नु परेको सिरfहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जनआस्थालाई बताए । 

अदालत घेराउ र नारा जुलुस गरेर रामशंकर हत्याको न्याय सम्पादन प्रभावित पार्न खोजिएको अदालत स्रोतको भनाइ छ । चुनावको मतगणनालगत्तै भएको उक्त हत्या प्रकरण जिल्लामा पछिल्लो समय निकै चर्चाको विषय बनेको थियो । 

गत मंसिर ९ गते मध्यरातमा बडहरी गाउँमा भएको उक्त रहस्यमय हत्या प्रकरणलाई राजनीतिक रंग दिने प्रयास समेत भएको थियो । सिरfहा क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा एमाले–जसपा गठबन्धनका उम्मेदवार रहेका जसपाका राजकिशोर यादवले नेपाली काँग्रेसकी चित्रलेखा यादवलाई पराजित गरेका हुन् । 

एमाले–जसपा गठबन्धन समर्थक दिपेन्द्र यादव र अजय साहले चुनावको नतिजाको विषयमा विवाद हुँदा काँग्रेस समर्थक रामशकंरको हत्या गरिएको आरोप लगाएका छन् । आरोपित दुवैलाई पक्राउ गरेर अनुसन्धानपछि प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको हो ।

हत्या आरोपी दिपेन्द्र र अजय पक्षधरहरू यसलाई मोटरसाइकल दुर्घटना भनिरहेका छन् । मृतक पक्षले उक्त घटनालाई सुनियोजित हत्याको दाबी गरिरहेको छ ।

-सन्तोष बराइली

टिप्पणीहरू