भारतीय सेनाद्वारा चार वर्ष अघिको सम्झौता कार्यान्वयन

भारतीय सेनाद्वारा चार वर्ष अघिको सम्झौता कार्यान्वयन

भारतीय सेनाले नेपाली सेनालाई सैन्य सामाग्री हस्तान्तरण गरेको छ । आज राजधानीमा आयोजित एक कार्यक्रमबीच युनिभर्सल ड्राइभिङ सिमुलेटर र इन्फेन्ट्री विपन ट्रेनिङ सिमुलेटर प्रदान गरिएको बताइएको छ ।

हाल नेपाल भ्रमणमा रहनुभएका भारतीय सेनाको आर्मी ट्रेनिङ कमाण्ड (आर्कट्रयाक) का प्रमुख लेफ्टिनेण्ट जनरल जेएस सन्धुले ती सामाग्री हस्तान्तरण गर्नुभएको हो । उहाँले नेपाल सरकार र भारत सरकारबीच २०७५ मंसिर २८ गते सम्पन्न सम्झौताबमोजिम भारतीय सेनाले सहयोग स्वरुप उपलब्ध गराएका ती सामाग्री आज काठमाडौंमा नेपाली सेनालाई हस्तान्तरण गर्नुभएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालायले जनाएको छ ।

तालिमको निम्ति उपयुक्त ती सामाग्री सीतापाइलास्थित सेनाको युद्धकवच गणमा बलाधिकृत रथी सरोजप्रताप राणामार्फत् नेपाली सेनालाई उपलब्ध गराइएको हो ।

टिप्पणीहरू