दि नेपाल डिस्टीलरिजले ल्यायो ‘कर्दा ट्रिपल एक्स’
‘दि नेपाल डिस्टीलरिज’को ४० यूपी सेगमेन्टको मदिरा नेपाली बजारमा भित्रिएको छ । लामो समयदेखि २५ यूपी र ३० यूपीको रम तथा मदिरा उत्पादन गर्दै आएको कम्पनीले ४० यूपीको नयाँ उत्पादन ‘कर्दा ट्रिपल एक्स’ बजारमा ल्याएको जानकारी दिएको छ ।
कम्पनीका महाप्रबन्धक शुभाष लामिछानेले नेपाली बजारमा उपलब्ध स्तरीय मदिरामध्ये ‘दि नेपाल डिस्टीलरिज’ को उत्पादन पनि एक रहेको बताए । उनले भने,‘पछिल्लो समय ग्राहकको यो सेगमेन्ट मदिराप्रति बढेको आकर्षणलाई सम्बोधन गर्दै कम्पनीले ‘कर्दा ट्रिपल एक्स’ बजारमा ल्याएको हो ।’
२५ र ३० यूपी मदिराको भन्दा कम अल्कोहलको मात्रा रहेको मदिरा तातोपानी वा अन्य पेय पदार्थसँग पनि मिसाएर खान मिल्ने बताइएको छ । बजारमा यो मदिरा ७५० एमएल, ३७५ र १८० एमएलको प्याकेजिङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
टिप्पणीहरू