माधव नेपाल शपथ खाएर अस्पताल फर्किने

माधव नेपाल शपथ खाएर अस्पताल फर्किने

बिरामी परेर अस्पताल भर्ना हुनुभएका एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहणका लागि आज संसद भवन जानुहुने भएको छ । 

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ गराउने कार्यक्रम छ । रौतहट–१ बाट चुनाव जित्नुभएका नेपाल अस्पतालबाटै संसद भवन जाने र शपथ पछि पुनः अस्पताल फर्किने बताइएको छ । 

रूघा खोकी, ज्वरो र छातिमा संक्रमण देखिएपछि उहाँ गत आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको हो ।
 

टिप्पणीहरू