बाबुराम भट्टराई भर्खर बालुवाटार छिर्नुभो

बाबुराम भट्टराई भर्खर बालुवाटार छिर्नुभो

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएको छ । पार्टीका अर्का अध्यक्ष महेन्द्र राय यादवलाई सँगै लिएर पौने १२ बजेतिर उहाँ बालुवाटार छिर्नुभएको हो ।  

सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रसँग एकताको प्रक्रियामा रहनुभएका डा. भट्टराईलाई राष्ट्रपतिको दावेदारका रुपमा हेरिएको छ । आफूले निर्वाचन जित्दै आएको गोरखा- २ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छोडेर चुनावी प्रतिश्पर्धाबाट बाहिर बस्नुभएका उहाँलाई राष्ट्रपति बनाउन माओवादीले गठबन्धनमा प्रस्ताव गर्ने बुझिएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो १० गतेभित्र सरकार गठनका लागि दावी पेश गर्न आह्वान गर्नुभएको छ । त्यसअघि  प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र प्रदेश सरकारको नेतृत्व प्याकेजमै भागबण्डा मिलाउने सत्ता गठबन्धनका दलहरुको तयारी भैरहेको भनिएका बेला विभिन्न पक्षीय भेटघाटलाई तीब्रता दिनुभएका भट्टराई आज प्रधानमन्त्री भेट्न जानुभएको हो ।  

डा. भट्टराईले नियमितजस्तो खुमलटार पुगेर प्रचण्डलाई भेटिरहनु भएको छ ।

टिप्पणीहरू