बक्सिला बजारका आगलागी पीडितलाई प्रदेश सरकारको राहत

बक्सिला बजारका आगलागी पीडितलाई प्रदेश सरकारको राहत

प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बक्सिला बजारका आगलागी पीडितलाई राहत सामग्री वितरण गरेको छ ।
 

प्रदेश क्याविनेट बैठकले पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेलगत्तै मन्त्रालयले हिजो राहत सामग्री पठाएको हो । मन्त्रालयका प्रवक्ता अर्जुन निरौलाले आगलागी पीडित परिवारका लागि हिजो मन्त्रालयले खाद्यान्न, लत्ताकपडासहितका राहत सामग्री खोटाङ पठाएको बताए । 

उनले भने, ‘त्रिपाल १७ वटा, कम्मल २७ वटा, चामल ४ सय ५० केजी , रहरको दाल ४५ केजी र चिनी ४५ केजी पठाइएको छ ।’ प्रदेश सरकारद्धारा आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको उनले जनाए । 

खोटाङको केपिलासगढि गाउँपालिका ४ बक्सिला बजारमा भएको आगलागीबाट ५ घर जलेर नष्ट भएको थियो । स्थानीय दीपक गुरुङको घरमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा करिब ४ करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू