पुस १७ गतेदेखि क्याम्पसमा बिदा
त्रिभूवन विश्वविश्वालयले आउँदो पुस १७ गतेदेखि शिक्षक तथा विद्यार्थीलाई हिउँदे बिदा दिने भएको छ ।
गत पुस ३ गते बसेको त्रिविको कार्यकारी परिषद् बैठकले आगामी पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म हिउँदे बिदा दिने निर्णय गरेको हो ।
‘त्रिविका सम्पूर्ण आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागमा पूर्व व्यवस्थाअनुसार शिक्षक र विद्यार्थीहरुलाई दिइदैँ आएको हिउँदे बिदा यो वर्ष आ-आफ्नो निकायको अनुकूलता हेरि पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म दिनसकिने गरी स्वीकृति भएको सबैमा जानकारी गराउँछौँ,’ सूचनामा भनिएको छ ।
टिप्पणीहरू