प्रभु समूहबाट स्वतन्त्र जितेका सांसदले संस्कृतमा शपथ खाने

प्रभु समूहबाट स्वतन्त्र जितेका सांसदले संस्कृतमा शपथ खाने

रौतहट-२ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका सांसद किरणकुमारले संस्कृत भाषामा शपथ लिने भएका छन् । आज हुने प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको शपथमा उनले संस्कृत भाषाको प्रयोग गर्न लागेका हुन् । 

संस्कृत भाषालाई नेपालीसहित अन्य थुप्रै भाषाको जननी मानिन्छ । तर, पछिल्लो समय यो भाषा बोलीचालीमा प्रयोग हुन् छोडिसकेको छ । जसका कारण भाषा नै लोप हुने अवस्थामा पुगेका भन्दै कतिपयले चिन्ता व्यक्त गरिरहेका बेला संसद सचिवालयले संस्कृत भाषामा शपथको व्यवस्था मिलाएको हो ।

आज दिउँसो साढे १ बजे ससद भवन बानेश्वरमा सांसदहरुले शपथ लिँदैछन् । संसद सचिवालयका अनुसार बिभिन्न २६ जना सांसदले १४ भाषामा शपथ लिने छन् ।  

साहले संस्कृत भाषाको संरक्षणका लागि आफूले संस्कृतमा शपथ लिन लागेको बताए । उनी एमालेको टिकट त्यागेर रौतहट-३ बाट स्वतन्त्र जितेका प्रभु साह समूहका हुन् ।

 

टिप्पणीहरू