भित्र शपथ, बाहिर चियापान
नवनिर्वाचित प्रतिनिधिसभाका सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सांसदहरुलाई शपथ ग्रहण गराएका हुन् ।
प्रतिनिधिसभामा २७५ सदस्य छन् । उनीहरुले नेपालीसहित मातृभाषामा पनि शपथ लिएका छन् । सांसदहरु आ–आफ्ना जातीय तथा सांस्कृतिक पहिचान झल्काउने भेषभूषामा सजिएर शपथ ग्रहण समारोहमा पुगेका थिए ।
शपथपछि उनीहरुले औपचारिक रूपमा संघीय संसद्को लोगो समेत प्राप्त गरेका छन् । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले संसद बैठक सञ्चालन र संसदीय दलको कार्यालयबारे जानकारी गराएका थिए ।
अहिले संसद बाहिर पुसको पारिलो घाममा चियापान समारोह चलिरहेको छ ।
टिप्पणीहरू