प्रचण्ड नेता, प्रमुख सचेतक हितराज
नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन हुनुभएको छ । आज बसेको दलको बैठकले उहाँलाई निर्विरोध नेता छानेको हो । दलको उपनेता छनोट नगरेको माओवादीले समानुपातिक सांसद हितराज पाण्डेलाई प्रमुख सचेतक बनाएको छ ।
सांसदहरुको शपथ नहुँदासम्म दलको बैठक नबस्ने निर्णय गरेको माओवादीले अन्य राजनीतिक दलभन्दा ढिलो नेता चयन गरेको हो । आज दिउँसो १ बजे संसद भवनमा सांसदहरुको पद तथा गोपनीयताको शपथ गराइएको थियो ।
प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरेर प्रतिनिधिसभामा ३२ सीट जितेको माओवादीले सरकारको नेतृत्व दाबी गरिरहेको छ । पार्टीले प्रधानमन्त्री पाउँदा आफैँ प्रधानमन्त्री बन्ने तयारीमा रहनुभएका प्रचण्डलाई माओवादीले सर्वसम्मत दलको नेता चयन गरेको हो ।
टिप्पणीहरू