अर्को वर्षबाट कम्प्युटर साइन्स दोस्रोमा समूहीकृत हुनैपर्ने
राष्ट्रिय परीक्षा बोर्डले आगामी शैक्षिक सत्रबाट अनिवार्य रुपमा कम्प्युटर साइन्स विषय दोस्रो समूहमा समूहीकृत हुनुपर्ने जनाएको छ । साधारणतर्फ कक्षा ११ र १२ मा अध्यापन हुने कम्प्युटर साइन्स विषयलाई चौथो समूहबाट समूहीकृत गरिएको बोर्डले जनाएको हो ।
गत भदौ १९ गतेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले गरेको निर्णयानुसार बोर्डले शैक्षिक सत्र २०७९–८० को कक्षा ११ को रजिष्ट्रेशन फाराम भर्ने सूचना प्रकाशित गरिएको थियो । तर, कम्प्युटर साइन्सको समूह परिर्वतन गरे पनि अधिकांश विद्यालयले सूचना नपाएको भन्दै पुरानै अर्थात चौथो समूह नै राखेर अध्यापन गराउँदै आएका थिए । विद्यालयले चौथो समूहमा नै समूहीकृत गरी पठनपाठन गराएकाले सोहीअनुसार निरन्तरता दिन अनुरोध गरेको हो ।
बोर्डले विद्यार्थीहरुको समस्यालाई मध्यनजर गर्दै यस पटकका लागि साविककै चौथो समूहमा समेत राखेर विषय छनौट गर्न सकिने, दोस्रो समूहमा समूहीकृत गरी अध्यापन गराइरहेका विद्यालयहरुले दास्रो समूहअन्तर्गत नै छनौट गर्न सकिने व्यवस्था मिलाएको जानकारी दिइएको छ ।
टिप्पणीहरू