उपेन्द्रको पार्टी जिल्ला पुनर्गठनमा जुट्यो

उपेन्द्रको पार्टी जिल्ला पुनर्गठनमा जुट्यो

जनता समाजवादी पार्टी (जसपा) ले जिल्ला समन्वय समिति, रौतहट पुनः गठन गरेको छ । मधेश प्रदेश समितिका अध्यक्ष रामबाबु कुमार यादवको अध्यक्षतामा बसेको बैठकले जिल्ला समिति पुनः गठन गरेको हो । 

आइतबार बसेको बैठकले श्याम बिडारी यादवको नेतृत्वमा ५८ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरिएको छ । जसमा मोहम्मद सनीमुलाह, अमृत चौधरी, मति रन्जु दास तत्मालाई उपाध्यक्ष बनाइएको छ । 

सचिवमा लखिन्द्र यादव, उपसचिवमा जयराम महतो, शम्भु यादव, दिनेश कुमार यादव, कोषाध्यक्षमा वृजमोहन साह रहेका छन् । त्यसैगरी अमरुल हक, नुरुल होदा, राजाराम केसरी, मदनप्रसाद यादव, धर्मेन्द्र गिरी, उर्पेन्द्र यादव, पारस भण्डारी, दिलिपकुमार यादवलगायतलाई सदस्य बनाइएको छ ।

टिप्पणीहरू