नेपाली ट्राभल एजेन्सीहरुलाई सलामको सम्मान
सलाम एयरलायन्सले नेपालमा आफ्नो टिकट बिक्री गरेका ट्राभल्स एजेन्सीहरुलाई सम्मान गरेको छ । एक वर्षको अवधिमा सबैभन्दा बढी टिकट बेच्ने उत्कृष्ट १० एजेन्सीलाई एयरलायन्सले सम्मान गरेको हो ।
एयरलायन्सले नेपालमा क्रियाशील ट्राभल एजेन्सीहरुलाई विभिन्न विधामा सम्मान गरेको बताइएको छ । टप रेभिन्यु पर्फर्मेन्स अवार्ड बेस्ट वे ट्राभल्स एण्ड टुर्स, एक्सल ट्राभल्स एण्ड टुर्स, हार्वेस्ट मून ट्राभल्स एण्ड टुर्स, वोपन अवे ट्राभल्स एण्ड टुर्स, प्रयास ट्राभल्स एण्ड टुर्स, रस्विता ट्राभल्स एण्ड टुर्स र रसी लिंक ट्राभल्स एण्ड टुर्सले पाएको छ ।
त्यस्तै, मस्ट इम्प्रुभ्ड रेभिन्यु कन्ट्रीब्युटर अवार्डबाट मस्र्याङ्दी ट्राभल्स एण्ड टुर्स सम्मानित भएको छ । हाइऐस्ट एन्सिलरी रेभिन्यु कन्ट्रीब्युटर अवार्ड जिओलोसी ट्राभल्स एण्ड टुर्सको हात परेको छ । राइजिङ्ग स्टारअन्तर्गत मार्वल्स ट्राभल्स एण्ड टुर्स प्रालि सम्मानित भएको छ ।
उक्त अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा एयरका प्रतिनिधिहरुले विजेता ट्राभल्सहरुलाई बधाइ दिएका छन् । साथै, आगामी दिनमा समेत सहयोगको अपेक्षा राखिएको धारणा व्यक्त गरेका छन् ।
एयरलायन्सले यो अवसरमा सडक बालबालिका तथा नागरिकका लागि मागिरहेको नेपाल स्नेहीकाखलाई खाद्य सहयोग तथा लत्ता कपडा वितरण पनि गरेको छ ।
टिप्पणीहरू