मन्त्री चौधरीको निर्देशनपछि धोबिखोला करिडोरमा पिच शुरु

मन्त्री चौधरीको निर्देशनपछि धोबिखोला करिडोरमा पिच शुरु

शहरी विकासमन्त्री मेटमणि चौधरीले जतिसक्दो छिटो धोबिखोला करिडोरको अधुरो काम अघि बढाउन निर्देशन दिएपछि धमाधम पिच गर्न थालिएको छ । मन्त्री चौधरीको निर्देशनपछि काठमाडौं उपत्यका विकास प्राधिकरणले काम अघि बढाएको बताइएको छ ।

‘करिडोरमा अवरोध हटाउन र अधुरा काम तत्काल अगाडि बढाउन मन्त्रीको निर्देशबमोजिम बाँकी काम अघि बढाइएको छ । अब छिट्टै नै धोबिखोला करिडोर सुधार आयोजनाको कामले अन्तिम रुप पाउने छ’, विकास आयुक्त जानुका ढकालले भनिन् ।

आज अनुगमनको क्रममा नदी अतिक्रमण गरी बनाएका संरचना भत्काउन, फुटपाथको अवरोध हटाउन र कालोपत्रे थप्नुपर्ने ठाउँमा तत्काल काम अघि बढाउन मन्त्री चौधरीले प्राधिकरण र मातहतका निकायलाई निर्देश गर्नुभएको थियो । 

‘बुद्धनगरको आर्क ब्रिजदेखि धोबिखोला करिडोरमा बाँकी रहेको काम पूरा हुँदैछ । जसअन्तर्गत साढे एक किलोमिटर बाटोमा ओभर लेयिङ्ग र केही मर्मतका काम हुँदैछ’, जिल्ला आयुक्त जगदिश लामिछानेले भने,‘रोड मार्क पेन्टिङ, रेलिङमा कलर लगाउनेदेखि नदी किनारमा रहेका विरुवाको संरक्षणसम्मको काम भइरहेको छ ।’गत वर्ष बाँकी रहेको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

टिप्पणीहरू