विदेशबाट जहाज चढेर आएका गाई काठमाडौं ओर्लिए
दक्षिण कोरियाबाट तीन दर्जनबढी गाई नेपाल ल्याइएको छ । कोरिया सरकारले नेपाललाई सहयोगस्वरुप दिएका ४२ वटा गाई एसियानाएअरको जहाजबाट आज काठमाडौँ झारिएको हो ।
दक्षिण कोरियाको राजधानी सोलबाट गाई बोकेर उडेको जहाज साँझ सवा ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । यहाँस्थित दक्षिण कोरियाका राजदूत पार्क चोङ्ग सुकले ती गाई पशुपन्छी मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मालाई आजै हस्तान्तरण गरेका छन् ।
दक्षिण कोरियाले नेपाललाई विभिन्न जातका गाई सहयोग गर्दै आएको छ ।
टिप्पणीहरू