एमालेका २६ महिला माननीयलाई साडी उपहार
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) का महिला सांसदहरूलाई बालकोट बोलाएर संसदीय मर्यादा सिकाउँदै एक–एक वटा साडी बाँडेका छन् ।
बिहिबार संसद भवनको सपथग्रहण सकिएलगत्तै एमालेका २६ महिला सांसद ओलीनिवास बालकोट पुगे । उनीहरूले त्यहाँ संसदीय दलका नेता ओलीसँग चिनापर्ची गरे । महिला सांसदहरूले ओलीलाई बधाई तथा शुभकामना दिए ।
कतिपय पूर्व महिला सांसदहरूप्रति कटाक्ष गर्दै उनले संसदीय दलका नेताको हरेक आदेश सांसदहरूले मान्नुपर्ने तर्क सुनाए ।
प्रतिनिधिसभामा सबैभन्दा धेरै महिला सांसद एमालेले ल्याएको दाबी गर्दै ओलीले थप प्रभावकारी काम गर्न समेत आग्रह गरेका छन् ।
उनले पत्नी राधिका शाक्यमार्फत् २६ जना महिला सांसदलाई साडी बाँडेका हुन् । नयाँ बानेश्वरमा ज्येष्ठ सदस्यद्वारा आयोजित चियापान नसकिँदै एमालेका महिला सांसदहरू ओलीनिवास बालकोट पुगेका थिए ।
टिप्पणीहरू