खुमलटारमा कसिकसाउ वार्ताको तयारी !
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न नेपाली काँग्रेसका नेता उहाँको निवास खुमलटार पुगेका छन् । आगामी सरकार गठनको नेतृत्व काँग्रेस सभापति वा माओवादी अध्यक्षमध्ये कसले गर्ने भन्ने रस्साकस्सी चलिरहेको समयमा उहाँहरुबीच भएको पछिल्लो भेटलाई अर्थपूर्ण मानिएको छ ।
आज बिहान ८ बजेको समयमा काँग्रेस नेता प्रकाशमान सिंह खुमलटार पुग्नुभएको बताइएको छ । सिंहसँग दाहाल निवासमा भएको भेटमा अध्यक्ष प्रचण्डसँगै माओवादी नेता कृष्ण बहादुर महरा पनि रहनुभएको स्रोतले पुष्टि गरेको छ ।
यसअघि हिजो बालुवाटारमा भएको गठबन्धन दलका शीर्ष नेताहरुको बैठकमा अध्यक्ष प्रचण्डले आगामी सरकारको नेतृत्व माओवादी केन्द्रले गर्न पाउनुपर्ने तर्क प्रस्तुत गर्नुभएको थियो । उहाँले नेपाली काँग्रेसलाई आजसम्मको म्याद दिएर सो सम्बन्धमा धारणा प्रस्तुत गर्न अल्टिेमटम दिनुभएको अवस्थामा नेता सिंह खुमलटार पुग्नुभएको हो ।
टिप्पणीहरू