रवि लामिछानेले सिईओ नियुक्त गर्ने

रवि लामिछानेले सिईओ नियुक्त गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी कार्यालय सञ्चालनका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) मागेका छन् । उनको पार्टीले उक्त पदका लागि दरखास्त आह्वानको सूचना जारी गरेको छ । 

चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले चितवनस्थित पार्टी कार्यालयमा रहने गरी सिइओ भर्ना गर्ने बताएका छन् । आफूजस्तै विदेशबाट फर्किएकाका लागि अवसर भन्दै लामिछानेले विकास, सुशासन, व्यवस्थापनलगायतका कार्यभार सम्हाल्न सक्नेलाई आकर्षक तलब सुविधासहित छानिएका व्यक्तिलाई आफैं एयरपोर्टमा लिन आउन तयार भएको उल्लेख गरे ।

सीईओमा नियुक्तिका लागि बायोडाटा (सिभी) उपलब्ध गराउन लामिछानेले अनुरोध गरेका छन् । सामान्यतयाः सीईओ अमेरिकी मोडलका कर्पोरेट हाउसमा नियुक्त गर्ने पछिल्लो प्रचलन हो । राजनीतिक दलमा मुख्य व्यक्ति अध्यक्ष वा सभापति हुने भएकाले प्रमुख कार्यकारी अधिकार भएको व्यक्ति उनीहरुलाई नै मानिन्छ ।
 

टिप्पणीहरू