एसईईमा सी प्लस ल्याउन नसके अर्को परीक्षा दिनुपर्ने

एसईईमा सी प्लस ल्याउन नसके अर्को परीक्षा दिनुपर्ने

माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सी प्लस ल्याउन नसकेका विद्यार्थीले सोही विषयमा मात्र परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शिक्षा विकास निर्देशनालय, बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, शाखा कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्दै सी प्लस आउन नसक्ने विद्यार्थीले सोही विषयमा मात्र परीक्षा दिन पाउने बताएको हो ।

२०७९ सालको बैशाख ९ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा सी वा सी प्लसभन्दा कम ग्रेड प्राप्त गरी २०७९ साल भाद्र ११ र १२ गतेको पुरक (ग्रेडवृद्धि) परीक्षामा सम्मिलित भएका र कम्तिमा सी प्लस ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीले सोही विषयमा मात्र परीक्षा दिन पाउने बताउँदै बोर्डले सोही आधारमा फाराम भराउन आग्रह गरेको छ ।  

बोर्डबाट गत मंसिर ८ मा प्रकाशित २०७९ सालको एसईईमा सम्मिलित हुने परीक्षार्थीहरुको परीक्षा आवेदन फाराम भराउने सूचनामा ग्रेडवृद्धि परीक्षामा सम्मिलित हुन पाउने विद्यार्थीहरुको केही जिल्लाहरुले द्धिविधा भएको जिज्ञासा राखेको हुनाले स्पष्ट पारेको बोर्डले जनाएको छ ।

टिप्पणीहरू