शपथपछि मधेशका केही माननीय अप्ठेरोमा
प्रतिनिधि सभाका सदस्य चन्द्रकान्त राउत (सिके) ले ‘मधेशी भाषा’ मा शपथ ग्रहण गरेपछि मधेशी आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।
उनीसहित केही प्रतिनिधि सभा सदस्यले उक्त भाषामा शपथ लिएपछि आयोगले आपत्ति जनाएको छ । भाषा आयोगबाट सूचीकृत नभएको भाषा प्रयोग गरेर शपथ लिएपछि आयोगले संघीय संसद् सचिवालयलाई पनि स्पष्टीकरण सोधेको छ ।
भाषा आयोगले प्रकाशित गरेको ‘सरकारी कामकाजका भाषासम्बन्धी सिफारिसहरु–२०७८’ र मधेशी आयोगमा ‘मधेशी भाषा’ सूचीकृत नभएको स्पष्ट पारिएको छ ।
आयोगले कुन आधारमा मधेशी भाषामा शपथ लिन मान्यता दिएको भनि स्पष्ट पारेर जानकारी गराइदिन संसद् सचिवालयलाई आग्रह गरेको छ ।
सचिवालयलाई आयोगले सोधेको छ,‘संघीय संसद् सचिवालयले कुन आधारमा मधेशी भाषामा शपथ लिन मान्यता दिएको भनी स्पष्ट हुने गरी जानकारी गराईदिनुहुन निर्देशानुसार अनुरोध गरिएको छ ।’
सूचीकृत नभएको भाषाको प्रयोग गरेर प्रतिनिधि सभाका सदस्यहरुले औपचारिक कार्यक्रममा शपथ लिनु गम्भीर विषय रहेको आयोगको ठहर छ ।
टिप्पणीहरू