प्रचण्ड भेट्न खुमलटार पुगे प्रभु

प्रचण्ड भेट्न खुमलटार पुगे प्रभु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न स्वतन्त्र सांसद प्रभु साह खुमलटार पुगेका छन् । पूर्व माओवादी तथा केही समय एमाले नेता रहेका साहले अध्यक्ष दाहालसँग दिउँसो २ बजेदेखि ३ बजेसम्म कुराकानी गरेका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलका नेताहरुलाई पर्सि आइतबार अपरान्ह ५ बजेसम्म दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्याउन समय सीमा दिनुभएको छ । यता, प्रधानमन्त्रीमा काँग्रेस सभापति र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाबी गर्दै आउनुभएको छ ।

हिजो बालुवाटारमा भएको शीर्ष नेताहरुको भेटवार्तामा प्रचण्डले काँग्रेस नेताहरुलाई आज साँझसम्म स्पष्ट धारणा प्रस्तुत गर्न अल्टिमेटम दिनुभएको हो । सोही सन्दर्भमा आज बिहान काँग्रेस नेता प्रकाशमान सिंहले एक घण्टा प्रचण्डसँग कुराकानी गर्नुभएको थियो । लगत्तै उहाँ प्रचण्डको सन्देश लिएर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्न बालुवाटार जानुभएको हो ।

टिप्पणीहरू